मूलुकभर १४ हजार ७३१ जना क्वारिन्टाइनमा, ८७ जना आइसोलेसनमा हुँदा २९० जना रेड जोनमा

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शनिबारसम्म मूलुकभर १४ हजार ७३१ जनालाई क्वारिन्टाइनमा राखिएको जनाएकाृ छ।

शनिबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले वाग्मती प्रदेशमा सबैभन्दा कम १३१ जना क्वारिन्टाइनमा रहेका छन् र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ७ हजार ९५६ जना रहेको जानकारी दिए।

यसैगरि उनका अनुसार सम्भावित संक्रमित हुनसक्ने आशंकामा ८७ जना आइसोलेसनमा राखिएकोमा छ। जसमध्ये उपत्यकामा ३ जना र ८४ जना उपत्यकाका बाहिर रहेका छन्।

  • ४९ हजार ३३६ वटा नमुना परीक्षण सम्पन्न, कुन प्रदेशमा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शनिबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ४९ हजार ३३६ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ९ हजार ६६६ वटा र आरडिटी विधिबाट कूल ३९ हजार ६७० वटा परीक्षण भएका हुन्।

गत २४ घण्टामा १ हजार ९४५ वटा नयाँ नमुना परिक्षण भएको हो।

उनले प्रदेश नम्बर १ मा ४ हजार १६० वटा, प्रदेश नम्बर २ मा ५ हजार ४४ वटा, वाग्मती प्रदेशमा ७ हजार ४६७ वटा, गण्डकी प्रदेशमा ४ हजार ८७१ वटा, प्रदेश नम्बर ५ मा २ हजार ९५० वटा, कर्णाली प्रदेशमा ४ हजार ९७४ वटा र सुदूर पश्चिम प्रदेशमा १० हजार २०४ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

हालसम्म संक्रमितहरुको संख्या ४९ रहेको र  १२ जना उपचारपछि निको भई घर फर्किसकेको र ३७ जना उपचाररत रहेको प्रवक्ताले बताए। उनीहरु सबैको स्वस्थ्य स्थिति सामान्य रहेको छ।

  • कल सेन्टरबाट १ हजार ९०० वटा जिज्ञासा सामाधान

मन्त्रालयले कोभिड १९ को जानकारी दिने उदेश्यले स्थापना गरेको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा १ हजार ९०० वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टरबाट समस्या समाधान गर्दै आएका छन्। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २५ हजार ९०६ पुगेको छ। स्वमूल्याङ्कन फारम भर्दा गत २४ घण्टामा जनाले ३ वटा गरि कूल २९० जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

यो एप्लिकेशन र वेवसाइटमा स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामागैीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको म्याप पनि हेर्न सकिन्छ।

प्रकाशित मिति: १३ वैशाख २०७७, शनिबार  १६ : ३९ बजे