थप ४ जना सहित १६ कोरोना संक्रमित ठिक भए, ३५ जना उपचाररत

0
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थप ४ जना कोरोना संक्रमित आइतबार निको भएर घर फर्किएका छन्। यससँगै कोरोना जितेर उपचारपछि घर फर्किनेहरुको संख्या १६ जना पुगेको छ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रौतहटका १९ वर्षीय युवा १२ औं दिनमा तथा अन्य ३ जना पुरुषहरु १५ औं दिनको अस्पताल बसाईपछि कोरोना ठीक भई डिस्चार्ज भएका हुन्।

नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या कूल संख्या ५१ रहेकोमा अझे ३५ जना भने विभिन्न अस्पताको आइसोलेसन वार्डमा उपचाररत रहेका छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये धनगढीमा १ जना, वीरगञ्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना रहेका छन्।।