मूलुकभर २१ हजार ५३८ जना क्वारिन्टाइनमा, ११० जना आइसोलेसनमा हुँदा रेडजोनमा २९६ जना

0
Shares

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबारसम्म मूलुकभर २१ हजार ५३८ जनालाई क्वारिन्टाइनमा राखिएको जनाएको छ। शनिबारसम्म १४ हजार ७३१ जनालाई क्वारिन्टाइनमा राखिएकोमा आइतबार मात्रै ६ हजार ८०७ जना थप भएका हुन्।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा कम ३११ जना क्वारिन्टाइनमा रहेका छन् र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा १० हजार १८३ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा १ हजार ५७७ जना, प्रदेश नम्बर २ मा १ हजार ४६६ जना, गण्डकी प्रदेशमा ३८४ जना, कर्णाली प्रदेशमा ३ हजार १९४ र सुदूर पश्चिम प्रदेशमा ४ हजार ४४३ जना गरि कूल २१ हजार ५३८ जना क्वारिज्टाइनमा रहेका छन्।

यसैगरि हालसम्म सम्भावित संक्रमित हुनसक्ने आशंकामा ११० जना आइसोलेसनमा राखिएकोमा छ। जसमध्ये काठमाण्डौं उपत्यकामा ६ जना र १०४ जना उपत्यकाका बाहिर रहेका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या गत २४ घण्टामा ८९५ जना रहेको छ। यसरी कूल २६ हजार ८१० जनाले आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गराएका छन्।

गत २४ घण्टामा जनाथप ६ वटा गरि कूल २९६ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

यो एप्लिकेशन र वेवसाइटमा स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामागैीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।
यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको म्याप पनि हेर्न सकिन्छ।

प्रकाशित मिति: १४ वैशाख २०७७, आइतबार  १७ : ४० बजे