माछापुच्छ्रे बैंकका थापा र न्यौपाने नायब महाप्रबन्धकमा बढुवा

0
Shares

माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकमा कार्यरत सर्जु कुमार थापा र विश्वम्भर न्यौपाने नायब महाप्रबन्धक पदमा बढुवा भएका छन्।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिइएको माछापुच्छ्रे बैंकले जनाएको छ ।

बैंकिङ्ग क्षेत्रमा २० वर्षको अनुभव भएका सर्जु कुमार थापाले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्। सन् २००० बाट बैंकिङ्ग करियर सुरु गर्नुभएका थापासंग बैंक अफ काठमाण्डू तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा पोख्त बैंकरमा पर्छन् । विगत ६ वर्ष देखि माछापुच्छ«े बैंकमा आवद्ध थापालाई बैंकिंग क्षेत्रमा बैंकिङ्ग बिजनेसका साथ हाइड्रोपावर फाइनान्सिङको विज्ञ मानिन्छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी र काठमाण्डौ विश्वविद्यालयबाट एमबीए गर्नुभएका विश्वम्भर न्यौपानेसंग बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव रहेको छ । जोखिम व्यवस्थापनमा अब्बल न्यौपानेले समग्र बैंकिंग सञ्चालनमा राम्रो दख्खल राख्छन्। साथै, सेल्स र मार्केटिङ्गमा समेत लामो अनुभव भएका न्यौपाने सन् २००४ देखि माछापुच्छ«े बैंकमा कार्यरत रहेका छन् । उनीसँग एभरेष्ट बैंक तथा एन.आइ.सि. बैंकमा विभिन्न भुमिकामा कार्य गरेको अनुभव छ ।