झापामा पुन :५० वर्षिया पुरुषमा कोरोना पुष्टि, संक्रमित संख्या ५२ पुग्यो

0
Shares

आइतबार झापामा पुन:  थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सम्पन्न परीक्षणमा झापा निवासी ५० वर्षिया पुरुषमा कोभिड १९ को संक्रमण नतिजा पोजेटिभ आएको हो। 

यसअघि बैशाख १२ गते धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोशी अस्पताल विराटनगरमा भएको पीसीआर रिपोर्टमा ती पुरुषमा संक्रमण पुष्टि भएको हो। यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार निज संक्रमित अस्पतालको सम्पर्कमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

हालसम्म कोरोनालाई परास्त गरि उपचारपछि घर फर्किनेको संख्या १६ पुगेको छ।