लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

0
Shares

गृह मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ।

सोमबार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाई गर्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कुनै पनि सवारी साधनलाई सम्बन्धित निकायले जारी गरेको सवारी पास बिना आवतजावतमा रोक लगाउन भनिएको छ।

केही दिनदेखि सडकमा अलपत्र परेका मानिसलाई विभिन्न स्थानीय तहको निर्देशनमा ओसारपसार गरेको पाइएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ।