विश्वभर साढे ३० लाख कोरोना संक्रमित,२ लाख १२ हजारको मृत्यु,९ लाख २२ हजार निको भए

0
Shares

महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख १२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने ३० लाख ६४ हजार मानिस संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार मंगलबार विहानससम्म विश्वभर ९ लाख २२ हजार ३७० जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार ३०० जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ ।

हाल संक्रमित कूल संक्रमित १९ लाख ३० हजार मध्ये १८ लाख ७३ हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०० जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २०७जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८जना, स्वीडेनमा २ हजार २७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९२८ जनाको मृत्यु भएको छ।

यसैगरी, इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ५४३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, भारतमा ९३९, जनाको मृत्यु भएको छ ।