अमेरिकामा कोरोना संक्रमित संख्या १० लाख बढी, करिब ५७ हजारको मृत्यु

0
Shares

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ। जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रकाअनुसार ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको भएर फर्किएका छन् ।

अमेरिकापछि बढी मृत्यु हुनेमा इटालीमा करिब २७ हजार, स्पेनमा २३ हजार ५ सयभन्दा बढी, फ्रान्समा २३ हजार २ सयभन्दा बढी, बेलायत २१ हजारभन्दा बढी रहेको छ ।

विश्वभर २ लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु हुँदा संक्रमित हुनेको संख्या भने ३० लाख ६४ हजार नाघेको छ । करिब ९ लाख २२ हजार मानिस भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

विश्वभर साढे ३० लाख कोरोना संक्रमित,२ लाख १२ हजारको मृत्यु,९ लाख २२ हजार निको भए

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  ०७ : ४९ बजे