मूलुकभर २२ हजार ९९ जना क्वारिन्टाइनमा, आइसोलेसनमा १०७ र रेडजोनमा ३०९ जना

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म मूलुकभर २२ हजार ९९ जना क्वारिन्टाइनमा राखिएको जनाएको छ। सोमबारसम्म २० हजार १९५ जनालाई क्वारिन्टाइनमा राखिएको थियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको नियमित प्रेस ब्रिफिङका अनुसार वाग्मती प्रदेशमा सबैभन्दा कम ३६१ जना क्वारिन्टाइनमा रहेका छन् र सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा १२ हजार १६४ जना रहेका छन्।

यस्तै प्रदेश नम्बर १ मा २ हजार २८८ जना, प्रदेश नम्बर २ मा १ हजार ५१२ जना, गण्डकी प्रदेशमा ६७६ जना, कर्णाली प्रदेशमा ३ हजार ७८९ र सुदूर पश्चिम प्रदेशमा १ हजार ३०९ जना गरि कूल २२ हजार ९५ जना क्वारिन्टाइनमा रहेका छन्।

यसैगरि हालसम्म सम्भावित संक्रमित हुनसक्ने आशंकामा १०७ जना आइसोलेसनमा राखिएकोमा छ। जसमध्ये काठमाण्डौं उपत्यकामा ४ जना र १०३ जना उपत्यकाका बाहिर रहेका छन्।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या गत २४ घण्टामा ५८३ जना रहेको छ। यसरी कूल २८ हजार १२५ जनाले आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गराएका छन्।

गत २४ घण्टामा जनाथप ५ वटा गरि कूल ३०९ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको एप्लिकेशन ८२ हजार २७० पटक डाउनलोड भएको छ भने वेवसाइटमा ८ लाख ७६ हजार बढीले हालसम्म भिजिट गरेका छन्। मन्त्रालयको एप्लिकेशन र वेवसाइट मार्फत स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामाग्रीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको विवरण र म्याप पनि हेर्न सकिन्छ।

प्रकाशित मिति: १६ वैशाख २०७७, मंगलबार  १६ : ४९ बजे