मर्जरको सिनर्जी: प्राइम बैंकको खुद नाफा २ अर्ब माथि, ३१.१९% ले बढ्यो

0
Shares

प्राइम कर्मर्सियल बैंक (PCBL) ले चालु आर्थिंक वर्षको ९ महिना अवधिमा २ अर्ब ३ करोड ६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ५४ करोड ७९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कैलाश विकास बैंक, कन्काई विकास, ललितपुर फाइनान्स सहित अन्य साना संस्थाहरुलाई आफुमा विलय गराएको बैंकको मर्जका कारण खुद नाफामा वृद्धि भएको हो। 

बैंकले आफ्नो खुद नाफा ३१.१९ प्रतिशतले अर्थात ५६ करोड ३८ लाख ३६ हजार रुपैयाँले बढाएको हो । 

बैंकले माघदेखि चैतसम्मको अवधिमा मात्रै ७२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी गत आवको यहि तीन महिनामा बैंकको खुद नाफा ४८ करोड ७० लाख थियो। लकडाउनले असर परेको त्रैमासमा पनि बैंकले तेस्रो त्रैमासमा मात्रै २४ करोड २८ लाख रुपैयाँले खुद नाफा बढाएको हो।

कोरोना नियन्त्रणका लागि सरकारले  गरेको एक महिने लकडाउन बाबजुत पनि बैंकको नाफा तेस्रो त्रैमासमा पनि बढोत्तरी हुनुलाई मर्जरको उपजको रुपमा लिन सकिन्छ। 

  • ६४ करोड १२ लाखको लाभांश क्षमता

नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टाण्डर्ड (एनएफआरएस) अनुसार बुधबार प्रकाशित तेस्रो त्रैमासमा बैंकले ६४ करोड १२ लाख १३ हजार रुपैयाँ लाभांश क्षमता बनाएको छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक वर्ष २०७६/७७ को ९ महिना अवधिमा बैंकले १ अर्ब ३८ करोड ९४ लाख रुपैयाँ केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएका शिर्षकहरुमा व्यवस्था गरेको छ।

यसरी रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुन आउने रकम बैंकले लाभांश रुपमा शेयरधनीलाई वितरणमा उपयोग गर्न सक्छ । खुद नाफा धेरै आर्जन गरेपनि धेरै संस्था प्राप्ती गरेका कारण राष्ट्र बैंकले बैंकलाई व्यवस्था रकममा कडाई गर्दा बैंकको शेयरधनीलाई लाभांश क्षमता भने खुम्चिएको छ। 

  • सबै सूचकहरुमा उत्साहप्रद प्रगति

चालु आर्थिक वर्षमा बैंकले सबै सूचकहरुमा उत्साहप्रद प्रगति गरेको छ । चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख रुपैयाँबाट १३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यसैगरि बैंकको जगेडा कोष २ अर्ब ५० करोड ९७ लाखबाट बढेर ५ अर्ब ४५ करोड ८ लाख सञ्चित छ। शेयरधनी कोषको आकार भने लाभांश वितरणपछि १ अर्ब ५७ करोड ५६ लाखबाट घटेर ७८ करोड ८४ लाख ४९ हजारमा संकुचित बनेको छ।

चैत मसान्तसम्ममा बैंकले बचत संकलन र कर्जा विस्तारलाई पनि बढोत्तरी गरेको छ। गत आवको यसै अवधिमा ७७ अर्ब ४ करोड रहेको निक्षेप रकमलाई १ खर्र्ब १४ अर्ब ७३ करोड ३१ लाखमा र ७२ अर्ब ५४ करोड रुपैयाँ रहेको कर्जालाई १ खर्ब ११ अर्ब ४६ लाख रुपैयाँमा विस्तार गरेको छ।

बैंकले चालु आवको ९ महिना अवधिमा ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। जुन गत आवको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ७३ करोड ९३ लाख २७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६९ करोड ७० लाख ५० हजार रुपैयाँ धेरै हो।

समीक्षा अवधिमा ५० प्रतिशत बढीले पूँजी बढेको बैंकले निक्षेप संकलन ४८.९३ प्रतिशत, कर्जा लगानी ५३ प्रतिशत, खुद ब्याज आम्दानी २८.४२ प्रतिशतले बढोत्तरी भएको छ।

बैंकको खराब कर्जा अनुपात १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा कायम गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६२ पैसा, कोषको लागत ८.०३ र आधार ब्याजदर ९.८५ र पूँजी कोष अनुपात १२.९८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा सबै सूचाङ्कमा सुधार आएको छ।