मुलुकको आर्थिक वृद्धि खुम्चिए पनि प्रतिव्यक्ति आम्दानी बढ्ने

0
Shares

चालु आर्थिक वर्षमा आर्थिक वृद्धि खुम्चिए पनि प्रतिव्यक्ती आम्दानीमा भने बढोत्तरी आउने सरकारी प्रक्षेपण सार्वजनिक गरिएको छ।

केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मुलकको आर्थिक वृद्धि २.२७ प्रतिशतमा खुम्चिने उल्लेख गरेछ। मुलकको आर्थिक वृद्धि उच्चदरले घटेपनि नेपालीहरुको प्रतिव्यक्ती आम्दानी ४६ डलरले बढ्ने देखिएको छ।

तथ्यांक विभागका अनुसार चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक लाख २६ हजार १८ रुपैयाँँ पुग्ने प्रक्षेपण छ ।

अमेरिकी डलरमा उक्त आय एक हजार ८५ रुपैयाँ हुन आउँछ । गत वर्ष नेपालीको वार्षिक आम्दानी १ हजार ३९ डलर रहेको थियो।
गतको आवको भन्दा चालु आवमा प्रतिव्यक्ति आय ८ हजार ५ सय ६३ रुपैयाँले बढ्न भएको हो। अघिल्लो आर्थिक वर्ष २०७५/७५ मा नेपालीको आम्दानी १ लाख १७ हजार रुपैयाँ थियो ।

सरकारले आर्थिक वृद्धिदरको लक्ष्य ८ दशमलव ५ प्रतिशत लाई घटाएर २.२७ प्रतिशत मात्रै कायम गरेको छ। तर नेपालीको आम्दानीमा भने गिरावट नआउने विभागको प्रक्षेपण छ।

चालु आर्थिक वर्षमा नेपालको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ३०३ अर्ब रुपैयाँ बढेको छ । चालु आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३७ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो । केन्द्रीय तथ्यांक विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखामा नेपाल कुल गार्हस्थ्य उत्पादन ( जीडीपी) बढेर पौन ३८ अर्ब पुगेको हो ।