शेयर कारोबारको राफसाफ र विवरण बुझाउने म्याद थपियो

0
Shares

सरकारले शेयर कारोबारको राफसाफ तथा सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरणहरु बुझाउने म्याद थप गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, करछुट तथा सुविधा स्वीकृत गर्दै अवधि थप गर्ने निर्णय गरेको हो ।

कोरोना महामहारीले परेको प्रभाव कम गर्न दोस्रो चरणको राहत घोषणा गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो। अब शेयर कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुले धितोपत्रहरुको हिसाब राफसाफ आगामी असार मसान्तसम्म समय गर्न पाइने भएको छ । यस अघि उक्त अवधि बैशाख मसान्तसम्म कायम गरिएको थियो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चैत ९ गते अन्तिम पटक शेयर कारोबार भएको थियो । त्यस दिनको र त्यस अगाडीको बाँकि रहेको राफसाफ अब असार मसान्तसम्म गरे हुने भएको हो ।

साथै, धितोपत्र ऐन बमोजिम सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरण पनि असार मसान्तसम्ममा पेश गर्दा हुने व्यवस्था गरेको छ।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १८ : ५५ बजे