बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमित संख्या १५७ 

0
Shares

बहराइनमा थप ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १५७  पुगेको छ । उनीहरुको बहराइनको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको दूतावासले जनाएको छ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।

बहराइनमा हालसम्म ३ हजार ३७ जना मानिस कोरोना संक्रमित छन् भने १ हजार ४ सय ९५ जना उपचार पछि निको भएर घर फर्किएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ ।

बहराइनमा अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

 

 

 

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रबार  ०७ : ५८ बजे