रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जनामा कोरोना भाइरस सक्रमण

0
Shares

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन्।

यससँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ। रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ।

विश्वभरी ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ।

रसियाका ५४ वर्षिया प्रधानमन्त्री मिखाइल मिसुस्टिनमा पनि बिहीबार कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ। उनीसँग सम्पर्कमा आएका सबै मन्त्रीहरूको लगातार कोरोना परीक्षण भईरहेको छ र अन्य कर्मचारीले मास्क अनिवार्य रूपमा लगाउनु पर्ने नियम ल्याईएको छ।

प्रकाशित मिति: १९ वैशाख २०७७, शुक्रबार  १६ : ४३ बजे