नयाँ बजेटको व्यवस्था बमोजिमको आयकर


अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार प्रस्तुत गरेको आर्थिक विद्ययेकमा सरकारले व्यक्ति र दम्पत्ति आयकरको सीमा बढाएको छ । तर, करको दर भने यथावत कायम राखेको हो । 

बजेट मार्फत आयकरको सीमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ४ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ४ लाख ५० हजार रुपैयाँसम्मको रोजगारीको आय भएमा १ प्रतिशतमात्र आय कर लाग्ने व्यवस्था गरेको छ । यसअघि व्यक्तिगत आयकरमा ३ लाख ५० हजार रुपैयाँसम्म र दम्पत्तिलाई ४ लाख रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्र लाग्ने व्यवस्था थियो ।

संघीय संसदमा प्रस्तुत विद्ययेकमा व्याक्तिगत आयकरमा यसअघिकै १०, २० र ३० प्रतिशत यथावत रहेको छ । २० लाखभन्दा बढी आम्दानी गर्नेको हकमा भने ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ ।

एकल व्यक्तिको हकमा आयकरको व्यवस्था

एकल प्राकृतिक व्यक्तिको हकमा ४ लाख रुपैयाँसम्म एक प्रतिशत कर लाग्नेछ । ४ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म आय गर्नेले ४ लाख रुपैयाँसम्म ४ हजार र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ ।यसैगरि ५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढीको आम्दानीमा २० प्रतिशत कर लाग्नेछ ।

यस्तै ७ लाख रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख रुपैयाँसम्म वार्षिक ५४ हजार रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख ४४ हजार र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा २० लाखसम्म लाग्ने करको दरमा थज २० प्रतिशत अतिरिक्त कर लाग्दा ३६ प्रतिशतका दरले कर तिर्नुपर्छ ।

दम्पत्ति हुनेको हकमा आयकरको व्यवस्था

यसरी दम्पत्तिको हकमा ४ लाख ५० हजार रुपैयाँसम्म एक प्रतिशतका दरले कर तिनुपर्छ । ४ लाख ५० हजार रुपैयाँदेखि ५ लाख ५० हजार रुपैयाँसम्म आय गर्नेले ४ लाख ५० हजार रुपैयाँसम्म ४ हजार ५०० रुपैयाँ र सोभन्दा बढी आयमा थप दश प्रतिशत कर तिर्नुपर्छ।

यसैगरि ५ लाख ५० हजार रुपैयाँदेखि ७ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्नेले वार्षिक १४ हजार ५०० रुपैयाँ र ५ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा २० प्रतिशत कर लाग्नेछ ।

यस्तै ७ लाख ५० हजार रुपैयाँदेखि २० लाखसम्म आम्दानी गर्नेले ७ लाख ५० हजार रुपैयाँसम्म वार्षिक ५४ हजार ५०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँभन्दा बढीको आम्दानीमा ३० प्रतिशत कर लाग्नेछ ।

२० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्नेको हकमा २० लाख रुपैयाँसम्म वार्षिक ४ लाख २९ हजार ५०० रुपैयाँ र २० लाख रुपैयाँभन्दा बढी आम्दानीको हकमा थप २० प्रतिशत कर तिर्नुपर्छ ।

तर निवृत्त भरण बापतको आय र योगदानमा आधारित निवृत्तभरण कोषमा योगदान गर्ने पाकृतिक व्यक्तिको आायमा भने आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिमको कर लाग्ने छैन।

राजधानी काठमाडौंको महङ्गी र आम्दानीलाई हेर्दा एक दम्पत्तिलाई कायम गरिएको ४ लाख ५० हजारको करको स्ल््याब निकै कम देखिन्छ ।