वीरगञ्जमा आइतबार थप एक पुरुषमा कोरोना संक्रमित पुष्टि

0
Shares

वीरगञ्जमा आइतबार थप एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित पुरुष वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका हुन्।
संक्रमण पुष्टि भएसँगै उनलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा बेडमा राखिएको छ।

यससँगै नेपालमा कोरोना भाइरस संक्रमित हुने व्यक्तिहरुको संख्या ६० पुगेको छ। त्यसमध्ये १६ जना भने उपचारपछि निको भई घर फर्किसकेका छन्। ४४ जनामा संक्रमण पोजेटिभ रहेको छ।

प्रकाशित मिति: २१ वैशाख २०७७, आइतबार  १६ : ०५ बजे