भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार ६७० नाघ्यो

0
Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको दिउँसो १ बजेको तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ६७० जना पुगेको बताइएको छ ।

यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३९५ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार सामेबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ८०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ६८ जना संक्रमितको ज्यान गएको बताइएको छ ।

संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७८२ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४९३ जना रहेको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९७४ नागरिक संक्रमित भएका छन् ।
गुजरातमा ५ हजार ४२८ मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ ।

यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १३ : ३६ बजे