राष्ट्र बैंकका गभर्नरको शेयरमा करोड बढी लगानी, ललितपुरमा घर सहित दश ठाउँमा जग्गा

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक सम्पत्ति विवरण अनुसार गभर्नर अधिकारीको परिवारले एक दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुमा १ करोड ७ लाख रुपैयाँ (लागत मूल्य) बराबरको शेयर रहेको छ।

यस्तो शेयर वाणिज्य बैंक देखि माइक्रोफाइनान्स कम्पनी, केहि जलविद्युत कम्पनी तथा बन्दरहेको हरिसिद्धि इँटा कारखानासम्मको २ लाख ३६ हजार कित्ता शेयर रहेको छ ।

यस्तै ललितपुरको सैबु गाविसमा २२०० वर्गफिटमा घर बनाएका उनले सो घर बाहेक ललितपुरको ५ ठाउँ, झापामा ४ र मकवानपुरमा गरि दश ठाउँमा जग्गा किनेको रहेको उल्लेख गरेका छन्।

उनले आठ ठाउँको जग्गा श्रीमती सरिता अधिकारीको नाममा जोडेको देखिएको छ। २ ठाउँमा उनकै नाममा रहेको छ। बैंक तथा वित्तीय संस्थाको खातामा १३ लाख रुपैयाँभन्दा बढी नगद जम्मा रहेको उनले उल्लेख गरेका छन् ।

अधिकारीसँग २७ तोला सुन, ५० तोला चाँदी रहेको उल्लेख छ । यस्तै उनले नागरिक लगानी कोषसँग आठ लाख १९ हजार ऋण र क्रेडिट कार्डमा १ हजार ८०० ऋण रहेको उनको सम्पति विवरणमा उल्लेख छ ।

करिब ९ लाख मूल्यको टोयटा कार किनेका अधिकारीको नाममा १ लाख ५ हजारमा किनेको मोटरसाइकल र छोरा सौगात अधिकारीके नाममा ४ लाख ७४ हजारको महङ्गो मूल्यको मोटरसाइकल रहेको छ।

उनीसँग घरमा पैयोग हुने कम्युटरदेखि मोवाइलसम्मका इलोक्ट्रोनिक्स सामानमा १४ लाख बढीको सम्पत्ति रहेको छ।

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  १८ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।