६ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज हुँदै

0
Shares

कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् ।

पछिल्लो तीनवटा परीक्षणमा संक्रमण नदेखिएपछि उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये ६ जना निको भएको कोरोना अस्पताल विराटनगरका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।

उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिने छ । डिस्चार्जपछि एकसाता विराटनगरको रानीमा स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ ।

 

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  ०६ : ५७ बजे