बैंकमा सुन चाँदी तथा गरगहना जम्मा गर्दा पनि ब्याज पाइने

0
Shares

सरकारले बैंकहरुमा नगद मात्र होईन सुन चाँदी जस्ता बहुमूल्य धातु र गरगहना समेत निक्षेपको रूपमा राख्न पाउने ब्यवस्था गरेको छ ।

आर्थिक बर्ष २०७६/७७ को बजेटमा नगद जसरी नै बैंकमा सुन चाँदी निक्षेपको रुपमा राख्न पाइने व्यवस्था गरिएको हो । यसरी बैंकमा सुन चाँदी तथा गरगहना राखे बापत ग्राहकले निश्चित दरमा ब्याज समेत पाउनेछन् ।

हालसम्म नेपालका बैंकहरूले नगदलाई मात्रै निक्षेपका रूपमा स्वीकार गर्दै आएका छन् । अहिले ग्राहकहरुले बैंकमा बहुमूल्य धातु राखेवापत पैसा तिरिरहेका छन तर यो नियम कार्यन्वयनमा आएमा बैंकले उल्टै पैसा दिनेछ ।