मानुषी लघुवित्तको नाफा करिब आधा घट्यो

0
Shares

मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा करिब आधा घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको नाफा ५२ लाख ९७ हजार रुपैयाँमा खुम्चिएको छ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ४४ लाख १५ हजार रुपैयाँले कम हो। गत आवको तेस्रो त्रैमासमा लघुवित्तले ९७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खराब कर्जा बढेर २ करोड ६८ लाख नोक्सानी व्यवस्था गर्दा एक करोड ७ लाख सञ्चालन नोक्सानीमा पुगेको लघुवित्तले १ करोड ९५ लाख खराब कर्जा असुली गर्दा नाफामा पुगेको हो।

चैत मसान्त्सम्ममा लघुवित्तले ५२ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन तथा २८ करोड १९ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट सापटी लिएर ७९ करोड ३७ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

कूल १० करोड ३४ लाख रुपैयाँ व्याज आम्दानी गरेको लघुवित्तले ५ करोड ३५ लाख रुपैयाँ व्याज वापत खर्च गरी ४ करोड ९९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।

लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको लघुवित्तको वार्षि प्रतिशेयर आम्दानी रहेको छ। उसको जगेडा कोषमा ३ करोड १५ लाख रुपैयाँ सञ्चित छ।

लघुवित्त कम्पनीको खराब कर्जा अनुपात १.३८ बाट बढेर ३.१४ प्रतिशतमा बढेको छ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  ०७ : १८ बजे