कोरोनाबाट मर्नेको संख्या २ लाख ५८ हजार नाघ्यो,४९ हजारको अवस्था गम्भीर

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार ३२६ जनाको ज्यान गएको छ।

सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २७१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ। बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

अमेरिकामा सबै भन्दा धेरै १२ लाख ३७ हजार ६ सय ३३ जना संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ५० हजार पाँच सय ६१ जना संक्रमित छन्। इटालीमा संक्रमितको संख्या २ लाख १३ हजार नाघेको छ। बेलायत र फ्रान्समा क्रमशः १ लाख ९४ हजार ९ सय ९० र १ लाख ७० हजार ५ सय ५१ संक्रमित रहेका छन्।

हालसम्म विश्वभरका २१५ देशमा फैलिएको कारोना ३७ लाख २७ हजार ३०१ जना संक्रमित भइसकेका छन्। १२ लाख ४१ हजार ९३१ जना उपचार पछि निको भएर घर फर्किएका छन्। २१ लाख ७७ हजार ७९६ संक्रमितको उपचार भइरहेको छ। यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार २४८ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  ०८ : ४६ बजे