नेशनल लाइफको प्रिमियम ई-सेवा र फोन पेबाट तिर्न सकिने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ई-सेवा र फोन पे मार्फत् प्रिमियम तिर्न सकिने व्यवस्था गरेको छ।

ग्राहकको सहजताको लागि कनेक्ट आइपीएसमार्फत पनि छिट्टैदेखि तिर्न मिल्ने बनाइने कम्पनीले जनाएको छ। यो सुविधासँगै विमितले पोलिसी रिन्यू वापतको रकम डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।

लकडाउन शुरू भएयता अहिलेसम्म एक करोड ८४ लाख रूपैया दाबी भुक्तानी गरिएको छ।

नायब प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीका अनुसार कार्यालयमा आएर दाबीको निवेदन दिन नसक्ने अवस्थामा इमेल मार्फत निवेदन लिएर डिजिटल भुक्तानी मार्फत रकम उपलब्ध गराइएको छ।