लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

0
Shares

सरकारले लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १० दिन बढाएको हो । सरकारले चौथो पटक लकडाउनको समय थप गरेको हो।

सरकारले यसअघि वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो ।

कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको हिजो बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनिरहेको निष्कर्ष निकाल्दै लकडाउन अवधि थप गर्न सरकारलाई सिफारिस गरेको थियो।