बहराइनमा थप ८८ जना नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या २४५

0
Shares

बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ। दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।

गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।

बहराइनमा एक हजार ९ सय ५० जना संक्रमित उपचारमा छन् १ हजार ७ सय ६२ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  १६ : ५६ बजे