कोरोना कोषमा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो रहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

यसका अलावा महासंघले आफ्ना जिल्लानगर संघवाट राहत तथा उद्धार कार्यमा खर्चगर्नेगरी महासंघले कुल खर्चको ४० प्रतिशत हुनेगरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महासंघले उपलब्ध गराएको यो रकमका जिल्ला तथा नगर संघले ४० लाख थपगरी राहत तथा सहायता उपलब्ध गराउनेछन् ।

बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघद्दका तर्फवाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले बताए।

महासंघका अध्यक्ष अध्यक्ष मोहनकुमार सुनारको नेतृत्वमा गएको सुनचाँदी ब्यवसायीहरुको प्रतिनीधिमण्डलमा महासंघका अध्यक्ष मोहन कुमार सुनार, बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य, निवर्तमान अध्यक्ष मणिरत्न शाक्य, उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष महेन्द्ररत्न शाक्यको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  १७ : १७ बजे