तातोपानीबाट चिनियाँ सामग्री आयात गर्न दिन सहमति, बिहीबार सेनाको सुरक्षा सामग्री आउँदै

0
Shares

आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् ।

आज तातोपानी भन्सार उद्योग वाणिज्य सङ्घ, नेपाल सिमापार व्यापार सङ्घ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पोलगायत विभिन्न व्यक्तिसँग नाकामा बसेको बैठकमा चिनियाँ सामग्री आयातमा अवरोध नपु¥याउने सहमति जुटेको हो ।

चिनियाँ सामग्रीको आयात गर्दा अब कुनै अवरोध नपु¥याउने सहमति भएको प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । आज आठ कन्टेनर कृषिजन्य सामग्री नाका आइपुगेका छन् । “बिहीबार नेपाली सेनाको सुरक्षा सामग्री आउँदै छ”, प्रमुख भन्सार अधिकृत खत्रीले भने ।

स्थानीयले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी काठमाडौँ जान नदिने बताउँदै भन्सार गेटमा धर्ना दिँदै आएका थिए ।

प्रकाशित मिति: २४ वैशाख २०७७, बुधबार  २१ : ११ बजे