अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ७५ हजार नजिक, निको हुने २ लाख बढी

0
Shares

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार यहाँ मृतकको संख्या ७४ हजार ८ सय ७ पुगेको छ।

हालसम्म यहाँ संक्रमितको संख्या १२ लाख ६३ हजार १ सय ९७ रहेको छ जसमध्ये १५ हजार ८ सय २७ को स्थिती गम्भीर छ ।

यहाँ संक्रमितमध्ये २ लाख १३ हजार १ सय ९ उपचार पश्चात् निको भएका छन्।

विश्वभर ३८ लाख २० हजार बढी संक्रमित भएका छन भने हालसम्म २ लाख ६५ हजारले कोरानाको कारण ज्यान गुमाएका छन् । १३ लाख ३ हजार बढी उपचार पश्चात निको भएका छन्।

प्रकाशित मिति: २५ वैशाख २०७७, बिहीबार  ११ : २३ बजे