सामुदायिक लघुवित्तको ब्याज र अन्य सञ्चालन आम्दानीले बढायो नाफा

0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार २ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

ब्याज आम्दानीको अलावा कम्पनीको अन्य सञ्चालन आम्दानी ६० लाख बढेर २ करोड २८ लाख कमाएपछि बढ्दो कर्मचारी र सञ्चालन खर्चका बीच पनि लघुवित्तको नाफा २७ लाख ८ हजार रुपैयाँ बढेको हो।

तेस्रो त्रैमासमा आइपुग्दा लघुवित्तको खराब कर्जा अनुपात ०.६५ बिन्दु बढेर २.०५ प्रतिशत पुगेको छ। जसका कारण कर्जा नोक्सानी व्यवस्था ४२ लाखबाट ७० लाखमा पुगेको छ।

चुक्ता पूँजी १० करोड रहेको यस लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ। लघुवित्तको जगेडा कोषको आकार आकर्षक बनेको छ। गत चैतमा ४ करोड ८९ लाख रहेको जगेडा कोषमा ९ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १९३.२२ रुपैयाँ, र मूल्य आम्दानी अनुपात २६.९० गुणा रहेको छ।

चैतसम्म ४० करोड ९६ लाख बचत संकलन र ६२ करोड १४ लाख विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर लघुवित्तले १ अर्ब ८ करोड ७५ लाख ऋण प्रवाह गरेको छ।

यसबाट लघुवित्तले गत आवको तुलनामा ९६ लाख ६१ हजार धेरै ६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। लघुवित्तले गत आवको यसै अवधिमा ५ करोड ३६ लाख ब्याज आम्दानी कमाएको थियो।

लघुवित्तको सञ्चालन नाफा २ कारेड ८२ लाखबाट बढेर ३ करोड १६ लाख रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: २६ वैशाख २०७७, शुक्रबार  ०८ : ५४ बजे