यस्ता छन् शेयर बजारका शिर्ष दश बजार पूँजीकरण भएका कम्पनी

0
Shares

नेपाली शेयर बजारमा नेपाल टेलिकमको बजार पूँजीकरण उच्च देखिएको छ । नेप्सेमा सूचीकृत कम्पनीकोहरुको यस साता कूल बजार पूँजीकरण १६ खर्ब ३९ अर्ब ५५ करोड रहेको छ । जसमध्ये नेपाल टेलिकमको सबैभन्दा धेरै एक खर्ब ९ अर्ब ६५ करोड रहेको छ ।

दोस्रो स्थानमा रहेको नबिल बैंकको ७६ अर्ब २७ करोड, नेपाल इन्भेष्मेन्ट बैंकको ६८ अर्ब २१ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ५६ अर्ब ३२ करोड, एभरेष्ट बैंक ५४ अर्ब ३४ करोड, नेपाल लाईफ इन्स्योरेन्सको ५१ अर्ब ३८ करोड रहेको छ ।

यसैगरि हिमालयन बैंकको ४९ अर्ब ९२ करोड, एनआईसी एशिया ४२ अर्ब ८४ करोड, नेपाल एसबिआई बैंक ४१ अर्ब २३ करोड, र दशौं स्थानमा रहेको कृषि विकास बैंकको बजार पूँजीकरण ३८ अर्ब ५८ करोड बराबरको बजार पूँजीकरण रहेको छ ।