थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

0
Shares

नेपालमा थप एक जनामा कोरा संक्रमणको पुष्टि भएको छ। पछिल्लो पटक एकजना थपिएसँगै कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।

उदयपुर जिल्लाको भुल्केकी थप एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । तर स्वास्थ्य तथा जना संख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या थपिएको आपडेट भने गरेको छैन्।

कोशी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको ती महिलाको स्वाब नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा संगीता मिश्रले सञ्चारकर्मीहरुलाई जानकारी दिइन् ।

संक्रमितको उमेर ४३ वर्ष रहेको उनले बताइन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शनिवार विहानामात्रै सोही स्थानका १८, ४५ र ६५ वर्षीया महिलामा कोरोना संक्रमण पूष्टि भएको थियो ।भुल्केमा हालसम्ममा ६९५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । उदयपुरको भुल्केमै मात्र कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार  ०७ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।