लघुवित्त संघका अध्यक्ष सीईओ रहेको लघुवित्तले बढायो नाफा

0
Shares

लघुवित्त कम्पनीहरुको छाता संगठन लघुवित्तका संघका अध्यक्ष बसन्त लम्साल प्रमुख कार्यकारी अधिकृत रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ८४ लाख २१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।

लघुवित्तले आर्जन गरेको यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब ५७.७८ प्रतिशत बढी हो। गत आवको यसै अवधिमा लघुवित्तले ३ करोड ७० लाख ३३ हजार नाफा कमाएको थियो।

पछिल्लो तीन महिना अर्थात माघदेखि चैतसम्म भने कम्पनीले करिब १८ लाखले मात्र नाफा बढाएको हो। पुससम्म लघुवित्तले ५ करोड ६६ लाख नाफा कमाएको थियो।

लघुवित्तले चैत महिनाको अन्त्यसम्ममा ७८ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ५९ करोड २७ लाख रुपैयाँ सापटीबाट ३ अर्ब ५४ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

यसबाट १५ करोड ६४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४ करोड ५६ लाख ४ हजार रुपैयाँ बढी हो। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २ करोड ७३ लाख रुपैयाँ बढेर ७ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै १ करोड ३८ लाख कर्जा नोक्सानी छुट्टाएको कम्पनीले ७० लाख बराबरको खराब कर्जा असुली गरेको छ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयरर ५ प्रतिशत नगद वितरण गरेको यस लघुवित्तको चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार रुपैयाँ रहेको छ। लघुवित्तको जगेडा कोषको आकार १० करोड ७४ लाख २० हजार पुगेको छ । गत आवको यसै अवधिमा ६ करोड थियो।

गत आवको चैत मसान्तमा २.५३ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा चालु आवको सोही अवधिमा बढेर २.९२ प्रतिशत पुगेको छ।

नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ९.४३ रुपैयाँ बढेर ३४.७८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४७.९५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.८८ गुणा कायम भएको छ। लघुवित्तको कोषको लागत १०.७५ प्रतिशत छ।

प्रकाशित मिति: २८ बैशाख २०७७, आइतबार  ०८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।