आगामी बजेट कोभिडको बुहपक्षिय असर निराकरणमा केन्द्रित हुने

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट कोभिड १९ को बहु्पक्षिय असर निराकरणमा केन्द्रित हुने बताएका छन् ।

आज संसदमा आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले आगामी बजेट मुलत कोभिडले अर्थतन्त्रमा पार्ने बहुपक्षिय असर निराकणका लागि पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ सेवाको विस्तार तथा निजी क्षेत्रका लागि प्रोत्साहन सहित आर्थिक पुर्नस्थापना र राष्ट्रिय राष्ट्रिय पूँजी निमार्णमा प्रोत्साहन गरिने बताए।

अर्थमन्त्री खतिवडाले विकास र शुसासनमा बजेट जोड दिने बताउदै बजेट सरकारले संविधानले कल्पना गरेको सामाजिक न्याय सहितको समाजवाद् उन्मुख आर्थिक विकास तर्फ उन्मुख हुने बताए।

त्यस्तै थप काम र रोजगारीको सृजना,सामाजिक सुरक्षा र संरक्षण, सार्वजनिक सेवाको सहज उपलब्धता ,सबै क्षेत्रमा आधुनिक प्रविधिको विस्तार, नागरिक सेवा र सुशासन मार्फत सामाजिक न्याय सहितको समृद्धि हासिल गर्नेतर्फ बजेट केन्दित हुने उनको भनाई छ।

कोरोनाको कारण व्यवसायीलाई परेको असर न्यूनिकरण गर्न करमा सहुलियत दिने र मौद्रिक उपकरण मार्फत सहुलियत बढाउने जानकारी दिए । यस्तै बजेटले विकास आयोजनालाई रकम अभाव हुन नदिने तथा राजस्व प्रणालीलाई पारदर्शी र करको दायरा बढाउनेमा केन्द्रीत हुने तथा मूल्यवृद्धिलाई वान्छित सीमाभित्र राखिने र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने मन्त्री खतिवडाले बताए ।

लगानीको वातावरणलाई थप सहज बनाउने नीति लिएको अर्थमन्त्री खतिवडाले बताए । सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने प्रतिबद्धता अर्थमन्त्री खतिवडाले गरेका छन् ।

अर्थमन्त्रीले आगामी जेठ १५ गते बजेट ल्याउँदैछन्।