पूँजी बजारको दिगो विकासका लागि संस्थागत तथा प्रणालीगत सुधार : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा तथा पूँजी बजारको दिगो विकासका लागि संस्थागत तथा प्रणालीगत सुधारमा जोड दिने बताएका छन्।

संसदमा आगामी बजेटको प्राथमिकताका बारेमा जानकारी गराउँदै खतिवडाले लगानीका नयाँ र वैकल्पिक वित्तीय उपकरहणहरु प्रयोगमा ल्याउन प्रोत्साहित गरिने प्रष्ट पारेका छन् ।

उनले लगानीको वातावरणलाई थप सहज तुल्याई नेपाललाई प्रतिस्पर्धी लगानीको गन्तब्यका रुपमा स्थापित गरिने बजेटको प्राथमिकता रहने जानकारी दिए।

खतिवडाले वित्तीय स्थायित्व कायम गर्दै वित्तीय साक्षरता र पहुँच अभिवृद्धि गरिने बताए। साथै उनले व्यवसायिक लागत न्यूनिकरणलाई प्राथमिकता दिदै वित्तीय साधनहरु उत्पादनमुखी बनाइने बजेट प्राथमिकतामा रहेको उनको भनाई छ।