पोखरा फाइनान्सको नाफा झण्डै ४० प्रतिशतले बढ्यो

0
Shares

पोखरा फाइनान्स (PFL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब ४० प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षको यही अवधिमा फाइनान्सले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको खुद ब्याज आम्दानी संचालन नाफा बढेपछि खुद नाफामा समेत सुधार आएको हो ।  फाइनान्सको यस अवधिको वितरण योग्य नाफा २ करोड ५१ लाख २८ हजार रुपैयाँ मात्र छ ।

संस्थाले चैत मसान्तसम्म ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ३ करोड ५७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको निक्षेप तथा कर्जामा बढोत्तरी आएको छ । जसबाट फाइनान्सले २४ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा २७ करोड ५३ लाख पुर्याएको छ।

फाइनान्सको चुक्ता पूँजी ९१ करोड ७२ लाख छ । जसको जगेडाकोषमा २७ करोड ९२ लाख रुपैयाँ छ भने शेयरपूँजी २१ करोड तथा रिटेण्ड अर्निङ २ करोड ५१ लाख छ ।

फाइनान्सको खराब कर्जा ०.९० प्रतिशत छ । फाइनान्सको वार्षिकीकृत प्रतिशेयर आम्दानी १२.७७ रुपैयाँ प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ५१ पैसा, पीई रेसियो ११.९८ गुणा तथा तरलता अनुपात २६.४१ प्रतिशत छ ।

फाइनान्सको फण्डको लागत केहि घटेर ८.९० प्रतिशत कायम भएको छ । जसको आधारदर ११.२९ प्रतिशत, स्प्रेडदर ४.८७ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७३.८७ प्रतिशत छ ।