लकडाउनका कारण डेढ महिनापछि खुलेको शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । नयाँ व्यवस्था अनुसार दुई प्रतिशतले नेप्से सूचक घटेपछि दुईघण्टालाई खुलेको बजार बिचमै बन्द भएको हो।
धितोपत्र बोर्डले कम्पनीको शेयरमा दिनभरिमा अधिकतम ३ प्रतिशतसम्म घटबढ हुनसक्ने र बजार सूचक २ प्रतिशतले घटबढ भएमा त्यो दिनका लागि कारोबार नै बन्द हुने गरी बजार खोल्न गरेको व्यवस्था अनुसार आजको बजार खुलेको हो।
विहान ११ बजे खुलेको बजार १२ बजेर १६ मिनेटमा बन्द भयो । नेप्से सूचक २ प्रतिशतले घटेपछि बजार बन्द भएको हो । यसदिन नेप्से २५ अंकले घटेर १२२६ मा झरेको छ ।
शेयर बजारमा बिक्रीको अधिक चाप अधिक पर्दा कारोबारमा आएका सबै कम्पनीको शेयर मूल्य घटेको छ। शेयर बिक्री गर्नेहरुले पनि थोरै थोरै कित्ता मात्र बिक्री गरेको पाइएको छ । कम कित्ताको बिक्रीबाट शेयर भाउ घटाइएको छ।
यसदिन ८७ कम्पनीको दश करोड ४३ लाख बराबरको मात्र शेयर किनबेच भयो। बजारमा कारोबारमा आएका सबै कम्पनीको शेयरमा खरिदकर्ता नभई बिक्रीकर्ता मात्र भएपछि शेयरको मूल्य घट्न पुग्यो।
यसदिन कारोबारमा आएका सबै कम्पनीको मूल्य घटेको छ । यसदिन एउटा पनि कम्पनीको मूल्य बढ्न सकेन्। सबै समूहका सूचक नकारात्मक रहदा जीवन बीमा र बैंकिङ सूचक धेरै घटेका छन्।
सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि शेयर बजार बन्द थियो।










प्रतिक्रिया