मंगलबार साँझ र राती गरि थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै आज मात्रै संक्रमित हुनेको संख्या ८३ जना पुगेको हो।
दिउँसो मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सो पश्चात १७ जनामा संक्रमण पुष्टि भएको समाचार यसअघि आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने थप ९ जना समेत गरि कूल २६ जनाको सूची सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार संक्रमितमध्ये पर्साका २२ देखि ६० वर्षका ६ महिना तथा १६ देखि ६१ वर्षका १२ जना पुरुषहरु रहेका छन्। यसैगरि महोत्तरी निवासी १६ र ३५ वर्षका २ जना पुरुषहरु, धनुषाका २० वर्षिया महिला र ४० वर्षिया पुरुष, भक्तपुरका २५ वर्षिय महिला र २७ वर्षिय पुरुष तथा काठमाण्डौंका ३३ वर्षिया महिला र सर्लाहीका ४५ वर्षिया पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। योसंगै कोरोना संक्रमितको संख्या २१७ जना पुगेको छ।













प्रतिक्रिया