एशियन लाइफको व्यवसाय तथा नाफामा आर्कषक बढोत्तरी

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले व्यवसाय विस्तार गर्दै जादा खुद बीमा शुल्क आर्जनका साथै नाफामा पनि उच्च सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब १० करोड बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधीको तुलनामा ४४ करोड ६८ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले २ अर्ब ६५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब १० करोड ७१ लाख रुपैयाँ र बीमालेख धितोमा २ अर्ब २८ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरी ७ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १४० प्रतिशतले नाफा वृद्धि गरेको छ । गत आवको तेस्रो त्रैमासमा ५ करोड ४४ लाख नाफा कमाएकोमा चालू आवको तेस्रो त्रैमासमा १३ करोड ७ लाख पुगेको छ । इन्स्योरेन्सको खुद बीमाशुल्कसंगै अन्य आम्दानी समेत बढेपछि खुद नाफामा सुधार देखिएको हो।

चुक्तापूँजी २ अर्ब १ करोड रहेको कम्पनीले जगेडा कोषमा ४९ करोड ५९ लाख, जीबन बीमा कोषमा २० अर्ब १४ करोड याँ र महा विपत्ती जगेडामा ५ करोड ६१ लाख रुपैयाँ संञ्चित छ।

प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा, मूल्य आम्दानी अनुपात ३५.८४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४६ पैसा छ ।

कम्पनीले हालसम्म कुल २३ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। यस अवधीमा इन्स्योरेन्सले १ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ अर्ब ९ करोड ३९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।