एचआइडिसिएलको लगानी बढ्यो, नाफा घट्यो, टर्म डिपोजिटमा १२ अर्ब ९१ करोड

0
Shares

हाईड्रो इलोक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले चालु आवको तेस्रो त्रैमासम्ममा विभिन्न जलविद्युत आयोजनाहरुमा ३ अर्ब २५ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनानमा १ अर्ब २९ करोड रुपैयाँ बढी हो। गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ९६ करोड १७ लाख बराबरको रकम लगानी गरेको थियो।

गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा यस अवधिसम्ममा २ करोड ८३ लाख ७४ हजार रुपैयाँले घटेको छ। चैत मसान्तसम्ममा कम्पनको नाफा ८० करोड ८२ लाख ७० रुपैयाँ छ। गत आवको यसै अवधिमा कम्पनीले ८३ करोड ६६ लाख ४४ हजार खुद नाफा कमाएको थियो।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको टर्म डिपोजिट एक अर्ब २४ रुपैयाँले घटेर १२ अर्ब ९१ करोडमा झरेको छ। टर्म डिपोजिटको रकमबाट कम्पनीले ९ महिनामा एक अर्ब २५ करोड ब्याज आम्दानी गरेको छ।

यस्तै कम्पनीले सहायक कम्पनी मार्फत १ करोड ७ लाख ७३ हजार रुपैयाँ लाभांश आम्दानी र अन्य ग्राहकहरुसँगबाट ७ लाख २६ हजार कमाएको छ ।कम्पनीले ३४ करोड ९० लाख रुपैयाँ शेयरमा लगानी गरेको छ भने ८ करोड रुपैयाँ कर्पोरेट बण्डमा लगानी गरेको छ ।