ट्रम्पद्वारा बेक्जिटपछि बेलायतसँग ‘अर्थपूर्ण व्यापार सम्झौता’

0
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको यूरोपेली संघ (इयू) बाट बहिर्गमन भएसँगै अमेरिका–बेलायतबीच ‘निकै अर्थपूर्ण’ ब्यापार सम्झौता गर्ने बेलायती प्रधानमन्त्री टरिजा मेसँग मङ्गलबार भएको भेटमा बताएका छन ।

अमेरिकी राष्ट्रपतिले ब्रेक्जिट प्रक्रियालाई अगाडि बढाउने क्रममा मिलेको असफलतासँगै विदा लिने मनस्थितिमा पुगेकी बेलायती प्रधानमन्त्री मेसँग उच्च व्यवसायी तथा मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, “मलाई लाग्छ अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरूरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ ।”

उनले थप्नुभयो, “हामीले सम्झौता गरेर नै छाड्नेछौँ ।”

बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसदले पटक पटक अस्वीकार गरेपछि मेले प्रधानमन्त्रीबाट विदा लिने मोडमा रहेको उनको निकट रहेका सहयोगीहरूले पटकपटक दोहोराउँदै आएका समय अमेरिकी राष्ट्रपतिले भने प्रधानमन्त्री मेले ‘असाधारण कार्य’ गरिरहेको ठट्यौली प्रतिक्रिया दिएको हो । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणका क्रममा कतिपय समूहहरूले उहनको भ्रमणप्रति नै विरोध जनाइरहेका पनि छन् ।

यसैबीच, मध्यपूर्वको शान्तिका लागि ट्रम्पका सल्लाहाकार जरेद कुस्नरले मङ्गलबार ब्रसेल्समा यूरोपेली नेता जाँ क्लाउड यङ्करलगायतका नेताहरूसँग भेट गर्नुहुने बताइएको छ ।

लण्डनमा रहेका कुस्नर अमेरिकी शान्ति योजनासहित यूरोप जाने र यस बिषयमा त्यहाँका नेताहरूसँग भेट्ने र मध्यपूर्वको शान्ति तथा भूराजनीतिक बिषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।