शेयर बजार सम्बद्ध व्यक्तिलाई बितरण गरिएको सवारी पास रद्ध


नेपाल धितोपत्र बोर्डले बितरण गरेका सबै पासहरु बिहीबारदेखि रद्ध भएका छन् । एकाएक कोरोना संक्रमितको संख्या बढ्दै गए पछि बजार बन्द गर्ने निर्णय भएको अवस्थामा सबै पासहरु रद्ध गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

बिहीबारदेखि नै शेयर कारोबार समेत बन्द हुने बताएका उनले अर्को व्यवस्था नभएसम्म बोर्डबाट जारी भएका पास लिएर बाहिर ननिस्किन पनि आग्रह गरेका छन् ।

सबै किसिमका पासहरु रद्ध भए पछि सडकमा सुरक्षाकर्मीले आवतजावतमा कडाई गरेका छन् । सुरक्षाकर्मीले ती पासहरु मान्य नहुने भन्दै घर फर्किन आग्रह गरिरहेका छन् । यस्तो अवस्थामा तपाई पास लिएर निस्किनु भयो भने व्यर्थ हुनेछ ।

घरमा बसौं, आफू पनि ससुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं ।

र यो पनि…

बिहीबारदेखि शेयर कारोबार बन्द हुने