नवलपरासीमा थपिए एक जना कोरोना संक्रमित, कुल संख्या २४६ पुग्यो


काठमाडौं : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुष हुन्। उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। 

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १२ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।