कालिमाटी तरकारी बजार र फलफूल बजारमा एक हजार बढीको कोरोना परिक्षण गर्न टोली परिचालन

0
Shares

काठमाण्डौंको कालिमाटी तथा फलफूल बजारमा सम्बद्ध एक हजार बढीमा कोरोना परीक्षणका लागि टोली परिचालन गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा आज काठमाण्डौं महानगरपालीका अन्तर्गत १३ नम्बर वडाका विभिन्न फलफुल तथा तरकारी बजारका समितिका हाताहरु, ब्यवसायीहरु, ढुवानीसँग सम्बन्धित ब्यक्तिहरु, सरसफाई गर्ने व्यक्तिहरुको परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मी सहितको टोलीहरु सो स्थानमा परिचालन गरेको जानकारी दिएका हुन्। 

यी स्थानमा ३०० बढी पीसीआर र ७०० बढी आरडिटी गर्ने लक्ष्य राखिएको उनले बताए।

यस्तै मन्त्रालयले प्रदेश नम्बर १, २, कर्णाली र सुदूरपश्चिमका विभिन्न २८ जिल्लामा थप परीक्षण गर्ने योजना अनुसार कार्य अगाडि बढाएको छ।

यसैगरि उनले आज प्रदेश नम्बर १, २, ५, कर्णाली र सुदूरपश्चि प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान आरडिटी र ७ हजार थान भिटीएम र पीपीईका सामाग्रीहरु पठाइएको बताएका छन्। जसले परीक्षणको दायरा बढाउन र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्रीको परिपूर्ति गर्नेछ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।