थप ३ जनामा कोरोना पुष्टि, कूल संख्या २४९ पुग्यो

0
Shares

बिहीबार साँझ थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा भेटिएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएको तीन जनामा काठमाण्डौं दहचोक निवासी ७ वर्षिया पुरुष, जनकपुर धनुष निवासी १७ वर्षिया महिला र धादिङ्ग निवासी ३० वर्षिया महिला रहेका छन्।

हालसम्म प्राप्त विवरण अनुसार संक्रमितहरुको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  २० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।