पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो

0
Shares

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँका दरले समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोलको नयाँ खुद्रा मूल्य प्रतिलिटर ११० रुपैयाँ कायम भएको छ । भारतीय आयल कर्पोरेशनबाट यही जेठ १८ गते प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थ मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।

डिजल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।