इपानद्वारा कोरोना राहत कोषमा १ करोड ११ लाख सहयोग

0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले निजी ऊर्जा उत्पादकहरूबाट संकलन भएको सहयोग रकम सरकारलाई हस्तान्तरण गरेको छ ।

इपानले शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि  १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

सहयोग रकमको चेक इपान अध्यक्ष शैलेन्द्र गुरागाईंले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई बुझाएका हुन्।कोषमा आर्थिक सहयोग गर्ने सबै ६५ जना ऊर्जा उत्पादक दाताहरूको नामावली पनि मन्त्री पुनलाई बुझाइएको इपानले जनाएको छ।

चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेला पनि दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए।

इपानले आफू सम्बद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रूपमा सहयोग संकलन गरी रकम जम्मा गरेको जनाएको छ। 

उनले लकडाउनका कारण क्षति ब्यहोरेका निजी क्षेत्रका जलविद्युत आयोजनालाई अवस्था सामान्य भएपछि सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रका प्रतिनिधिहरु सम्मिलित सर्वपक्षीय कार्यदल गठन गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था मिलाइने पनि बताएका छन्।