राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
यसअघि राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो ।
संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमका प्रमुख शिर्षकहरु:-
- कोभिड १९ महामहारीमुक्त देश बनाउने पहिलो प्राथमिकता
- सरकारको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान हुने
- स्वदेशमा रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने
- १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने नीति निरन्तरता
- रोजगारी गुमाएकालाई गाउँपालिका मार्फत राहात
- एकिकृत एम्बुलेन्स सेवा संचालन गरिने
- केन्द्रीय अस्पतालहरुले तोकिएको स्थानहरुमा स्याटलाईट अस्पताल निमार्ण गर्नुपर्ने
- तीनवर्ष भित्र सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागि गराइने
- केन्द्रीय ३०० शैया र भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाइने
- विद्यालय बाहिर रहेका २ लाख ७० हजार भर्ना, सबैलाई विद्यालयमा ल्याउन बालकालीकालाई विद्यालय ल्याउँ पढाईमा टिकाउँ नारा अघि सारिने
- वडा स्तरिय सेवा केन्द्रबाट रक्तचाप, मधुमेह लगायतका रोगहरुको परीक्षण गर्ने
- स्थनाीय तहमा आरोग्य केन्द्र, व्ययामशाला स्थापनाका लागि प्रोत्साहन गर्ने
- टिचिङ अस्पताललाई अंग प्रत्यारोपण र कान्ति बाल अस्पताललाई बालरोग विधामा अध्ययन गर्ने उत्कृष्ट विद्यालयको रुपमा स्तरोन्नती र विस्तार गर्ने
- सिटिइभिटी र श्रम तथा सी विकासका कार्यक्रम एकीकृत रुपमा अघि सारेर घुम्ति तालीम सञ्चालन गरिने
- वैदेशिक रोजगारबाट फर्केकालाई उद्यम गर्न सुरुवाती पूँजी उपलब्ध गराइन
- ‘चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश’ कार्यक्रम अन्तर्गत स्नात्तकोत्तर युवालाई विकास निर्माण तथा शैक्षिक क्षेत्रमा मुलुकभर परिचालन गरिने
- सरकारले अत्याधुनिक ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउने
- निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने
- सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने
- सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमकलाई एकीकृत रुपमा लागू गरिने
- सबै निजी क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सममिजक सुरक्षा कोषमा सम्मिलित गराइने
- कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने सरकारको प्रतिबद्धता
- तीन वर्षमा सबै नागरिकको स्वास्थ्य बिमा
- कान्ति बाल अस्पताललाई बालरोग विधाका लागि उच्च शिक्षा अध्ययन केन्द्रको रुपमा विकास गरिने
- सबै श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने
- विकास आयोजना निर्धारित लागतमा सम्पन्न गरिने
- पूँजीगत खर्चको गुणस्तरीयता कायम गरि पूँजी निमार्ण गरिने
- ब्यवसायीक पुनरउत्थानका कार्यक्रम सञ्चालन गरि उत्पादनलाई सुदृढिकरण गराइने
- आगामी बर्ष साक्षर नेपाल घोषणा, कम्तिमा माध्यमिक तहसम्म सबैलाई शिक्षा उपलब्ध गराइने
- प्रधानमन्त्री रोजगार कार्यक्रम पुनसंरचना गरिने
- हरेक किसानलाई स्थानीय तह मार्फत सूचीकरण गरिने
- एउटा प्रयोजनका लागि एकै तह वा निकायबाट मात्र अनुदान उपलब्ध हुने ब्यवस्था गरिने
- भूमि उपयोगबिहीन रहने अवस्थाको अन्त्य गर्ने नीति अबलम्बन गरिने
- फार्ममै पुगि कृषि तथा पशुपन्छि सम्बन्धि सेवा दिनुपर्ने व्यवस्था गरिने
- बाली लगाउनुपूर्व नै समर्थन मुल्य तोकिने
- उपयुक्त पारिश्रमिक र श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति
- सरकारले सबै प्रदेशमा खाद्य बचत घर निर्माण गर्ने
- नेपाली जडिबुटीको विशिष्ट ब्रान्डिङ्ग गरी निर्यात गरिने
- वातावरण विकासबीच सन्तुलन कायम गरि विकास कार्यक्रम र आयोजना सञ्चालन गर्ने
- सहरी वृक्षारोपणलाई ब्यापक बनाइने
- राजमार्गको निश्चित दूरीमा खानेपानी शौचालय सहितको सेवा केन्द्र सञ्चालन गर्न प्रोत्साहित गरिने
- अनलाईन मार्फत मालपोत सेवा, गुठी जग्गाको संरक्षण समूदायबाट
- १० वर्षमा कृषि उत्पादन दोब्बर बनाउने सरकारको नीति
- आगामी आर्थिक वर्षमा फजुल खर्च र चालू खर्च घटाइने
- देशभरका सहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना हुने
- राजमार्गमा एक घण्टाको दूरीमा ट्रमा सेन्टर स्थापना गरिने
- नेपाल गुणस्तर चिन्ह प्रदान गरिने कार्य विस्तार गरिने
- आगामी वर्ष दैलेखमा पेट्रेलियम पदार्थको अन्वेषण गरिने
- नेपाल भारत पारवाहन सन्धीको पुनरावलोकन गरिने
- तेस्रो मुलुकसँगको ब्यापार विस्तार गरिने
- नेपालगञ्जमा एकीकृत जाँचचौकी स्थापना गरिने
- एक चिकित्सक, एक स्वास्थ्य संस्था
- देशभरका सहरमा वायु प्रदूषण नियन्त्रण केन्द्र स्थापना हुने
- विद्युत जडित क्षमता ३००० मेगावाट पु¥याइने
- अमलेगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईन निमार्ण गरिने
- भारतको सिलिगुढीबाट झापाको चारालीमा ग्यासको पाइपलाइन विस्तार गरिने
- झापा र धनुषमा ग्याँस बोर्टलिङ प्लान्ट सञ्चालन गरिने
- त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलको रुपमा सञ्चालनमा ल्याइने, गौतमबुद्ध र पोखरा विमानस्थल आगामी आवको सञ्चालनमा
- एक वर्षभित्र चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइने
- दुई वर्षभित्र आफ्नै स्याटलाईट स्थापना गरि सञ्चलनमा ल्याइने
- पत्रकार बीमालाई सञ्चारकर्मीको हितमा प्रयोग गरिने
- राष्ट्रिय परिचयपत्र वितरण गरिने
- लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई प्राप्त गर्न कुटनैतिक कदम चालिने
- छुटेका भुभाग सहितको नेपालको नक्सा जारी गरिने










प्रतिक्रिया