छब्बिस जिल्लाका २७८ कोरोना संक्रमण पुष्टि हुँदा कुन जिल्लाका कति भेटिए ?

0
Shares

नेपालमा शनिबारसम्म कोरोना संक्रमितको संख्या २७८ पुगेको छ। यस बेलासम्म ७७ जिल्लामध्ये २६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ। आजै मात्र विभिन्न जिल्लाहरुमा ७ वर्षदेखि ५२ वर्षसम्म उमेर समूहका २० जना संक्रमति थपिएका छन्। काभ्रे, सिराहा र दाङ जिल्ला गरि थप तीन जिल्लामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो।

धेरैजसो संक्रमित २० देखि ५० वर्ष उमेर समूहका रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा मात्रै ९१ जना संक्रमित छन्। यो कूल संक्रमणको ३२ प्रतिशत धेरै हो।
यसैगरि पर्सा पछि कपिलवस्तु जिल्लामा ४२ जनामा कोभिड १९ पुष्टि भएको छ। उदयपुर र बाँकेमा समान ३३/३३ जना र रुपन्देहीमा २८ जनामा यस भाइरसको संक्रमण फेला परिसकेको छ।

यसैगरि काठमाण्डौंमा ७ जना, कैलाली र धुनुषामा समान ४/४ जना, दाङ, चितवन, महोत्तरी, सर्लाही, रौतहट, बारामा समान ३/३ जना, भक्तपुर, नवलपरासी, वाग्लुङ्ग, वर्दिया, धादिङ्ग, र झापामा समान २/२ जना, तथा काभ्रेपलाञ्चोक, भोजपुर कञ्चनपुर, मकवानपुर, सिराहा, र सप्तरीमा १/१ जना कोरोना संक्रमित रहेका छन्।

संक्रमितमध्ये संक्रमितमध्ये प्रदेश नम्बर १ मा ३६ जना , २ मा ११६ जना, बाग्मती प्रदेशमा ९ जना, गण्डकीमा ३ जना , प्रदेश नम्बर ५ मा १०९ जना, र सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पुष्टि भएको हो।

यसरी संक्रमण पुष्टि भएकामध्ये २२४ पुरुष र ५२ जना महिला रहेका छन्। ३६ जना उपचारपछि निको भई घर फर्किएका छन्। निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

नेपालमा पहिलोपटक गत वर्ष जनवरी २३ मा पहिलो पटक कोरोना संक्रमणपुष्टि भएको थियो। हालसम्म २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा समेत यसको संक्रमण पुष्टि भएको छ।

हालसम्म २६ हजार ६९१ वटा परीक्षण भएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै १३ हजार ८१३ वटा परीक्षण भएका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, काठमाण्डौं विश्वविद्यालय अस्पताल धुलिखेल, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पताल धनगढीम १ हजार बढी पीसीआर परीक्षण सम्पन्न भएका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  २० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।