काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको छ। मन्त्रालयका सहयाक प्रवक्ता डा. समिरकुमार अधिकारीले आज अबेर साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेका छन्।

१ जेठ राति मृत्यु भएकी ती महिलामा धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोभिड–१९ पुष्टि भएको थियो।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
अहिले सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ भने सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ।












प्रतिक्रिया