कोरोनाबाट मृत्यु भएकी महिला बसेको पाइएपछि टोखा नगरपालीकाको केही क्षेत्र शिलबन्दी

0
Shares

काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिला त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर फर्किएपछि टोखा नगरपालिकामा बसेको पाइएपछि सो क्षेत्र शिलबन्दी गरिएको छ।

टोखा नगरपालिकाका नगर प्रमुख, प्रकाश अधिकारीले एक सूचना जारी गर्दै मृतक महिला नगरपालिकाको वडा नं ९ को काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नुभएको भन्ने जानकारी आएकाले सो वरपरको क्षेत्र सिल गरिएको नोटबजारलाई जानकारी दिए।

कोरोनाका कारण मृत्यु भएको पुष्टि भएसँगै सम्भावित जोखिम पहिचान गर्न र क्न्ट्याक्ट ट्रेसिङ्क अगाडि बढाउन नगरपालीकाले सो क्षेत्र सिल गरेको हो।

‘आफू पनि बचौं र अरुलाई पनि बचाउँ’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै लकडाउनको पूर्ण पालना गर्न सम्पूर्ण नगरबासीमा नगरपालीकाले हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०७७, शनिबार  २३ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।